• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चमेलियाको समस्याले विद्युत अनियमित, धनगढीबासी आक्रान्त

धनगढी : धनगढीमा विद्युत अनियमित हुने प्रक्रिया यथावत छ । विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरिया ग्रीडका अनुसार लाइन जोड्न धनगढीको लाइन काट्नुपर्ने हुँदा विद्युत अनियमित हुने गरेको हो । ’सुदूरपश्चिमको सबैभन्दा पावर खपत हुने क्षेत्र धनगढी हो, अत्तरिया ग्रीडका प्रमुख सतिसकुमार कर्णले भने, ‘चमेलिया जोड्नका लागि धनगढीको लाइन कटअप गर्नुपर्ने बाध्यता छ । होइन् भने भोल्टेज पोग्दैन् र स्टार्ट नै हुँदैन ।’

सिस्टममा गडबढी र नदीमा पानीको बहाव बढेमा चमिलायाको जलविद्युत बन्द हुने गरेको उनले बताए । ‘कटअप भएको लाइन फेरि जोड्नका लागि लामो समय लाग्छ,’ उनले भने, ’यो समस्या समाधानका लागि केन्द्रसँग समन्वय गरी क्पेसिटर बैंक राख्न तयार भएको छ । त्यसपछि विद्युत कटौती कम हुन्छ होला ।’

धनगढीमा प्रदेशकै आधाभन्दा बढी विद्युत खपत हुने गरेको अत्तरिया ग्रिडको भनाई छ।धनगढीमा २४ घण्टामा २० पटक भन्दा बढी समय विद्युत लाइन काटिने गर्छ । विद्युतमा समस्या आउँदा एक पटकमा २० देखि २५ मिनेटसम्म लाइन आउन समय लाग्ने गरेको विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका सुपरभाइजर दिवस यादवले विद्युत भार बढेका कारण ओभरलोड भई विद्युत अनियमित भइरहेको बताए। उनले यसरी ओभरलोडले सिधै चमेलियामा समस्या उत्पन्न हुने गरेका कारण छिन(छिनमा लाइनमा समस्या हुने गरेको बताए ।

धनगढीमा ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना अन्तर्गतको विद्युत प्रवाह गरिएको छ । भारतबाट ३० मेगावट विद्युत आयात भइरहेको भए पनि त्यो विद्युत लालपुरभन्दा उतै नै खपत हुने गरेको प्रधिकरणको भनाई छ ।

कतिपय अवस्थामा लाइन जाँदा विद्युत प्राधिकरणका कर्मचारीसमेत अनभिज्ञ बन्ने गरेका छन् । विद्युत ओभरलोड हुँदा चमेलियाबाटै लाइन काटिने हुँदा धनगढी वितरण केन्द्रका कर्मचारी यसबारे बेखबर नै हुन्छन् ।

विद्युत वितरण केन्द्र धनगढीका प्रमुख धिरेन्द्र यादवले लाइन जानुको कारण नसोधेर आफूलाई पनि थाहा नहुने गरेको बताए । चमेलियाको विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि यस वर्ष गर्मीयाममा समस्या देखिएको छ । यसअघि भारतबाट बिजुली ल्याइएकाले गत वर्ष यस्तो समस्या नदोहोरिएको वितरण केन्द्र प्रमुख यादवले बताए । चमेलियाको बिजुली आएपछि भारतबाट आउने बिजुली कटौती गरेको हो । धनगढीमा मात्रै अहिले दैनिक १४ देखि १५ मेगावाट विद्युत खपत हुने गरेको प्राधिकरणले जनाएको छ ।

धनगढीमा वैशाखदेखि नै विद्युत अनियमित भइरहेको छ । सुदूरपश्चिममा पावर हाउस नथपिदासम्म गर्मीमा यो समस्या रहिरहने धनगढी वितरण केन्द्रका प्रमुख यादवले भनाई छ । धनगढीमा ट्रान्सफर्मरको अभावले पनि बत्ती जाने समस्या पनि भइरहेको छ ।

धनगढीमा अहिले साढे चार सय ट्रान्सफर्मर रहेको प्राधिकरणले जनाएको छ । अझै धनगढीमा सय केभीए र २ सय केभीएका ५० र ५० वटा ट्रान्सफर्मर आवश्यक रहेको सुपरभाइजर दिवस यादवले बताए ।

नगरबासीले भने विद्युत अनियमित भइरहेपनि विद्युत प्राधिकरणले खासै ध्यान नदिएको आरोप लगाएका छन्।पावर कम हुने र पटक(पटक बत्ती आउने(जाने भइरहँदा टीभी, फ्रिजलगायत विद्युतीय उपकरण बिग्रिने गरेको स्थानीयको भनाइ छ ।

कैलाश जोशी\अन्नपुर्ण पोष्टबाट

शुक्रबार, साउन २४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.