काठमाडौं । सुनको मुल्यमा दैनिक नयाँ नयाँ रेकर्ड बन्दै गएको छ । यो साताको दोस्रो दिन सोमबार सुनको मूल्य एकैदिन एक हजार ५०० रुपैयाँले बढेको छ ।
आइतबार ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ प्रतितोला ६७ हजार ५ सय पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाला सुन प्रतितोला ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।