काठमाडौँ – ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको झडपमा परी जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीको मृत्यु भएको प्रहरीले जनाएको छ।
झडपपछि गम्भीर घाइते रहेका उनलाई उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटाेमै मृत्यु भएकाे हाे। प्रहरीका अनुसार पूर्णबहादुर करणी मुद्दाका दोषी हुन्।
उनलाई ज्यान मुद्दाका कैदी पवनकुमार महताेले इँटाले टाउकोमा प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।ज्ञवालीले भने राजीलाई उपचारका लागि वीर अस्पताल ल्याइरहेको र अवस्था गम्भीर रहेको जानकारी दिए।