धनगढी, १४ साउन – कैलालीको खक्रौलादेखि लम्कीसम्मको सडक चार लेनको वनाउन डिपिआर बनेपनि बजेट विनियोजन भएको छैन । नेपाल भारतको सीमा खक्रौलादेखि वझाङको उरैलेक हुँदै चीनको कैलाश मान सरोवरलाई मध्यजनर गर्दै अगाडी वढेको काममा चालु आर्थिक बर्षमा बजेट विनियोजन नभएको हो ।
अघिल्लो आर्थिक बर्षमा प्रदेश सरकारले छुट्टाएको बजेटबाट खक्रौलादेखि टिकापुर लम्की खण्डमा ४ लेनको सडक बनाउन विस्तृत परियोजना प्रतिवेदन आर्थत डिपिआर बनाईएको थियो । तर चालु आर्थिक बर्ष २०७६÷७७ मा भने कुनै पनि रकम बजेट विनियोजन भएको छैन । प्रदेश सरकारलाई दवाव दिदा पनि सडक निर्माणका लागि बजेट विनियोजन नभएको सुदुरपश्चिम प्रदेशका नेपाली काग्रेंसका प्रतिपक्षी दलका नेता डाक्टर रणवहादुर रावलले बताउनुभयो ।
त्यो बाटोको योजना कार्यान्वयन भएमा सेती लोकमार्ग र कैलाश मार्गलाई बल पुराउने भएकोले तत्काल बजेट विनियोजन गर्न डाक्टर रावलले माग गर्नुभयो ।
