बझाङ, २ श्रावण/ बझाङको बित्थडचिर गाउँपालीकामा नयाँ विस्तार भएका शाखा सडक छेउछाउमा बहुबर्षे जातको अमीस्रो घासँ लगाईको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत गाउँपालीकाका सबै नयाँ विस्तार भएका शाखा सडकहरुमा ७० देखी ८० हजार बिरुवा लगाउने तयारी भईरहेको छ । भने बिहीबारमात्रै देउलेख देखि मण पाडपाखा हुँदै बुङगल नगरपालिका जोडिने सडक खण्डमा झण्डै दश हजार विरुवाले बृक्ष्यारोपण गरिएको छ ।
वायोईन्जिनियरिङ्ग कार्यक्रम अन्र्तगत बर्षायाममा हुने बाढी, पहिरो, भु–क्षय लगाएतका जोखीम न्युनिकरणको लागी बहुउपयोगी अमीस्रो घासँको बिरुवा लगाईएको गाउँपालीका प्रवक्ता हर्क धामीले जानकारी दिए ।
बहुउपयोगी अमीस्रो जातको घासँले बाढी पहिरो जस्ता जोखीम कम गर्नुको साथै पशुपालक किसानहरुले डाले घासँको रुपमा प्रयोग गर्न सकीन्छ ।
