सुखड २१ जेठ
कैलालीको घोडाघोडी नगरपालिकाका कर्मचारीहरुले दिउँसै टर्च बालेर काम गरीरहेका छन् । लगातार बिजुली नआउने र नगरपालीकामा भएको जेनेटर बिग्रीएपछि नगरपालीकाका अधिकाशं कार्यकक्षहरुमा दिउँसै बत्ती बाल्नु पर्ने अवस्था सिर्जना भएको हो ।
कोठामा बाहीरको प्रकाश नपर्ने र बिजुलीको लाईन् लगातार चार दिनदेखी बन्द हुदा दिनभर मोबाइलको टर्च बालेर उपभोक्ताको काम गरीरहेको योजना शाखाका कर्मचारीको भनाई छ ।
अध्यारो कोठामा बत्ती बालेर सर्वसाधारणको काम गर्दा आफुहरुलाई निकै शास्ती भईरहेको उनिहरुले गुनासो गरे ।
नियमित बिधुत आपुर्ती नभईरहेको र नगरपालीकाले बैकल्पिक ब्यवस्था गर्न नसक्दा समस्या उत्पन्न भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले बताए । उनले आजनै नयाँ जेनेरेटरको ब्यवस्था दाबी गरे ।

