काठमाण्डौ– गृह मन्त्रायलयले २६ प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ ।
गृहले निकालेको सरुवा सूचीअनुसार नुवाकोटका प्रजिअ उद्धवबहादुर थापालाई गृह मन्त्रालय, नुवाकोटमा द्रोण पोखरेललाई पठाइएको छ ।
गोरखामा कार्यरत गजेन्द्रबहादुर श्रेष्ठलाई कपिलवस्तु र सर्लाहीमा कृष्णबहादुर राउतलाई पठाइएको छ । सिरहामा कार्यरत रुद्रप्रसाद पण्डितलाई तनहुँ लगिएको छ भने गोपालकुमार अधिकारीलाई सिरहा, डोटीमा टेकनारायण पौडेल, सिन्धुलीमा जनार्दन गौतम तथा उदयपुरमा ध्रुवबहादुर खड्कालाई सरुवा गरिएको छ ।
रुपन्देहीमा कार्यरत उद्धवबहादुर रानामगरको काभ्रे सरुवा भएको छ । यस्तै कपिलवस्तुमा कार्यरत अर्जुनप्रसाद पोखरेलको रुपन्देही सरुवा भएका छन् ।
उपसचिव (सहायक प्रमुख जिल्ला अधिकारी) हरू रुपन्देहीमा शम्भुप्रसाद रेग्मी, पर्वतमा कल्पना घिमिरे नेपाल, कास्कीका गुरुदत्त ढकाल, गोरखामा देवेन्द्र लामिछानेको सरुवा भएको छ ।
सरुवा तथा पदस्थापन हुने प्रजिअ सूची
१. उदयबहादुर रानामगर
२. अर्जुनप्रसाद पोखरेल
३.गजेन्द्रबहादुर श्रेष्ठ
४.द्रोण पोखरेल
५. कृष्णबहादुर राउत
६. उद्धवबहादुर थापा
७. रुद्रप्रसाद पण्डित
८. गोपालकुमार अधिकारी
९. टेकनारायण पौडेल
१०. शम्भुप्रसाद मरासिनी
११. विष्णुकुमार कार्की
१२. जनार्दन गौतम
१३. ध्रुवबहादुर खड्का
१४. उपेन्द्रराज पौडेल
१५. शम्भुप्रसाद रेग्मी
१६. कल्पना घिमिरे नेपाल
१७. गुरुदत्त ढकाल
१८. भरतकुमार शर्मा
१९. लक्ष्मण ढकाल
२०. गन्जबहादुर एमसी
२१. यादव सुवेदी
२२. देवेन्द्र लामिछाने
२३. ज्ञानप्रसाद ढकाल
२४. दीपकराज नेपाल
२५. कृष्णप्रसाद शर्मा
२६. झरेन्द्रप्रसाद चापागाईं

