किशोर कुमार तामाङ्ग/ पुनर्वास, जेठ १६/ कञ्चनपुरको पुनर्वासमा जेष्ठ नागरिक सम्बन्धि सरोकारवाला सँग एक दिने अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ।
पुनर्वास नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा विभिन्न वडाबाट जेष्ठ नागरिक तथा बुद्धिजिविहरूको सहभागिता रहेको थियो। अन्तरक्रिया कार्यक्रममा नगरपालिका जेष्ठ नागरिक मैत्री हुनुपर्ने, विद्युत काउण्टर कार्यालयमा प्राभमिकता,राजश्व काउण्टरमा प्राथमिकता,सार्वजनिक सवारी साधनमा विशेष छुट गरिनु पर्ने भन्ने बिषयमा छलफल गरिएको थियो।
यसै विषयमा बोल्दै कार्यपालिका सदस्य बिष्णु सिग्देलले जेष्ठ नागरिकमा समावेशी समिति गठन गरिनु पर्ने बताएका थिए। कार्यक्रमको सभापतित्व गरिरहेका नगर प्रमुख जीवनराज थापाले जेष्ठ नागरिकको सम्मान गर्न के कस्तो कार्यक्रम ल्याउनु पर्छ , नगरपालिका त्यस्ता कार्यक्रम ल्याउन आफु पछि नपर्ने बताउनु भयो। निकट दिनमै पुनर्वास नगरपालिकालाई जेष्ठ नागरिक मैत्री बन्ने समेत बताउनु भयो।
नगरप्रमुख जीवनराज थापाको सभापतित्वमा सम्मपन्न कार्यक्रममा अतिथिहरू प्रमुख प्रशासकिय अधिकृत पीताम्बर पाण्डे,कञ्चनपुर जेष्ठ नागरिक जिल्ला उपाध्यक्ष पदम थापा,पुनर्वास नगर जेष्ठ नागरिक अध्यक्ष विश्वनाथ बिष्ट,नगर शिक्षा विभागका उपसचिव रमेश खाती लगायत समाजसेवी तथा बुद्धीजिविहरूको उपस्थिति रहेको थियो। अन्तरक्रिय कार्यक्रमलाई नगर महिला तथा बालबालिका निरिक्षक रिता मल्लले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो।
पुनर्वास नगर सामाजिक तथा बाल बिकासका सँयोजक सुरेश गजुरेलको स्वागत मन्तब्यबाट शुरू गरिएको कार्यक्रममा पुनर्वास बालवालिका तथा महिला अधिकारकर्मी बसुन्धरा बस्नेतले कार्यक्रमलाई सञ्चालन गरेकी थिइन्।
