जमुना न्युरे । धनगढी,३ असोज । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री लक्ष्मण किशोर चौधरीले कैलाली जिल्लाको भजनी नगरपालिका वडा १ रहेको मोहन्याल सामुदायिक बनमा वन कार्यालय अतिक्रमण हटाइएको ठाउँमा अतिक्रमणकारीहरूबाट फुल माला लगाएका छन् ।
डिभिजन वन कार्यालय पहलमानपुरले पछिल्लो समयमा कैलाली जिल्लाको वन अतिक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरू गर्दै आइ रहेको छ । डिभिजन बन कार्यालय पहलमानपुरले भजनीमा कैलाली जिल्लाको सबैभन्दा बढी बाढीपीडितको नाममा भएको अतिक्रमित जमिन खाली गराएको थियो ।
त्यही वनको जमिन अतिक्रमण गरी घर टहरा निर्माण गरी बनाइएका बस्ती विभागीय मन्त्री गएर फुल माला लगाउँदा वन संरक्षणकर्मीहरु चिन्तित बनेका छन् । भजनी नगरपालिका वडा १ मा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीम बहादुर चौधरीले मन्त्री आएको कुरा पछि थाहा पाएको , कार्यक्रम के रहेछ।
भनी बुझ्न खोज्दा मन्त्रीलाई सुकुम्वासी तथा अतिक्रमणकारीहरूले फुल माला लगाएर देखेर आफै अच्चममा परेको बताउँदै उनले भने विगत लामो समय देखि बन संरक्षण गर्दा , त्यही सामुदायिक बनको अतिक्रमित जमिन खाली गराउँदा आफूहरूले निकै दुख गरेको अहिले हाम्रै विभागका मन्त्रीले हामीलाई नै देखाएर उनीहरूबाट फुल माला लगाउँदा वन अतिक्रमणकारीहरुलाई बढुवा दिएको बताए ।
अतिक्रमणकारीबाट विभागीय मन्त्रीको फुल माला कार्यक्रमबारेमा मन्त्रीका निजी सचिवालयलाई पनि जानकारी छैन भने मन्त्रालयका सचिव प्रमोद भट्टराईले भने यस बारेमा बुझ्न खोज्दा आफूलाई कुनै जानकारी नरहेको बताए । यसभन्दा अघिका विभागीय मन्त्री रमेश धामीले बन अतिक्रमणको मुद्दा लगाइ पक्राउ कारबाहीका लागि लगिएका जितु बडैलालाई सशस्त्र वन सुरक्षा शाखा धनगढीबाट आफैले भगाएका थिए ।
बिभागिय मन्त्रीले गरेका बिभन्न कार्यले वन अतिक्रमण नियन्त्रण , बन सरक्षणमा निकै चुनौती भएको सामुदायिक वन उपभोक्ता रास्ट्रीय महसघका केन्द्रिय महासचिव ड्ण्डि राज सुबेदिले बताए । यता सो कार्यक्रमको बारेमा बुझ्नका लागि मन्त्री लक्ष्मण लाल किशोरलाई सम्पर्क गर्दा उनले फोन उठाएका छैन्।