धनगढी ३१ भाद्र/कैलालीको धनगढी उपमहानगरपालिका भित्र थप १० किलोमिटर सडकमा सडक बत्ती जडान गरिएको छ । धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा संघीय सहरी विकास आयोजनाले स्मार्ट सडक बत्ती जडान गरेको हो ।
सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले सडक बत्तीको आइतबार साँझ एक कार्यक्रमक बिच उद्घाटन गरेका थिए । संघीय सहरी विकास कार्यालयका अनुसार १० किलोमिटर सडक अन्तरगत ५५३ पोलमा स्मार्ट सडक बत्ती र १५ वटा हाइमास्ट लाइट जडान गरिएको छ ।
धनगढीमा यसअघि उपमहानगरपालिकाले बिभिन्न निकाय संगको सहकार्यमा ६ लेन सडक र क्याम्पस चोक –मनेहरा सडक खण्डको जनआवाज चोकसम्म स्मार्ट सडक बत्ती जडान गरिसकिएको छ ।