भोज भन्नी, मसुरिया ५ भाद्र/अबिरल वर्षाका कारण बुधबार बिहान आएको कटैनी खोलमा बाढीले कैलालीको गौरीगंग नगरपालिका वडा न ११- स्थित कान्तिपुर र ऐठा जोड्ने काठे पुल बगाउदा आवत जावत गर्न स्थानीयलाई समस्या भएको छ ।
पुल बगाएपछि मोटरसाइकल र अटो यातायात ओहोरदोहोर गर्न बन्द भएपछि बिरामीलाई अस्पताल लैजान समस्या भएको छ । छिटो पुल बनाउनको लागि स्थानीय र प्रदेश सरकारलाई जानकारी गरिदिन स्थानीय चुनु देबी चौधरीले आग्रह गरिन ।
यसै गरि सो वडाको अर्को काठे पुल कटैनी खोलाले सामान्य क्षती पुर्याएको छ । पुलमा काठको फ्लाग निस्किएपछि पैदल ओहर दोहर गर्न समस्था भएको भएको छ । ११ न वडा कामको लागि स्थानीयलाई २ किलोमिटर हिडेर जान बाध्य भएका छन् । बिरामी भएकालाई स्वास्थ्य केन्द्रमा जान पनि समस्या भएको छ ।