काठमाडौँ, २ भदौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गर्नुभएको छ । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उहाँ भारत प्रस्थान गर्नुभएको हो ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री राणा पाँच दिने भारत भ्रमणमा जानुभएको हो । भारत भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।
दुई देशबिचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ । परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबिच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ ।