धनगढी १ भदौ/सुदूरपश्चिमको एक मात्रै धनगढीको विमानस्थलको पार्किङ शुल्कमा भारी बृद्वि गरिएपछि गेटमै सवारी साधन राखेर आन्दोलनमा उत्रिएका छन् । सवारी साधनको करमा भारी बृद्धी गरेपछि यातायात क्षेत्रका मजदुरहरु आन्दोलित बनेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क २०७८ को नियम ७ सँग सम्बन्धित भन्दै विमानस्थलले नयाँ पार्किङ शुल्क भाद्र १ गतेबाट लागु हुने गरी सूची सार्वजनिक गरेपछि आन्दोलनमा उत्रेका हुन् ।
पार्किङ शुल्क संकलन गर्ने ठेक्का पाएको कुलेमष्ट कन्स्ट्रक्सनले मोटरसाईकल, स्कुटर र रिक्साको प्रतिघण्टा २० रूपैयाँ र प्रतिदिन १२० रूपैयाँ, कार, जिप, टेम्पो, लिमोजिनको प्रतीघण्टा ४० र प्रतिदिन २४० रूपैयाँ, हल्का सवारीसाधन मिनी बस, माइक्रो बसको प्रतिघण्टा ६० र प्रतिदिन ३६० रूपैयाँ, बस र ट्रकको प्रतिघण्टा ९० र दिनको ५४० रूपैयाँ रहेको सुचि सार्वजनिक गरेको थियो ।
विगतमा विमानस्थलमा पार्किङ शुल्क बापत न्यूनतम १० रूपैयाँदेखि २० रूपैयाँसम्म संकलन गरिदै आएकोमा एक्कासि बृद्वि गरिएपछि यातायात मजदुरहरूले विरोध जनाएका हुन् । बिहानैदेखी बिमानस्थल गेट बाहिर सवारी साधन रोकेर मजदुरहरुले बिरोध जनाएका हुन् । पहिलो उडानका बेला यात्रु नबोकेका अटो तथा ट्याक्सी चालकहरुले दिउँसो पछि यात्रुलाई गेटसम्म छोड्ने काम गरेका छन् । शुल्क बृद्धीको बिरोधमा बिनिस्थल मुलगेटमा कोणसभा समेत गरिएको थियो ।
संगठनका प्रदेश अध्यक्ष ललित चन्दले विमानस्थलले निर्धारण गरेको शुल्कले यातायात मजदुरको ढाड सेक्ने भएकाले विगतकै शुल्क निर्धारण गर्न माग गरिएको बताए । पार्किङ शुल्कको मुल्य नघटाए उत्रिने समेत मजदुरहरुले चेतावनी दिएका छन् ।