काठमाडौं । सुनको मुल्य तोलामा १४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि सोमबार हालसम्मकै उच्च १ लाख ५० हजार रुपैयाँ थियो । त्यस्तै चाँदीको मुल्य पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७१० मा झरेको छ ।