काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरामाथिको मुद्दामा काठमाडौं जिल्ला अदालतले सरकारी पक्षको साक्षीको बकपत्र गराउन आदेश दिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतमा भएको सुनुवाईमा उक्त आदेश दिइएको हो ।
पेशी सूचिमा चढेको उक्त मुद्दामा जिल्ला न्यायाधीश अमरराज पौडेलको इजलाशले पीडित महिलाको स्वास्थ्य परिक्षण गर्ने चिकित्सक, मुचुल्कामा सहि गर्ने र विधि विज्ञान प्रयोगशालाका चिकित्सकको बकपत्र गर्न आदेश दिएको हो । महरा सो मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि थुनामा छन् । अदालतमा महराका कानुन व्यावसायी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, अधिवक्ता मुरारी सापकोटाले बहस गरेका र वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता उमाकान्त पौडेलसमेतले बहस गरेका थिए ।