धनगढी ११ साउन/डाक्टरको लापरवाहीले कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिब चौधरीको मृत्यु भएको भन्दै धनगढीको नोभा हस्पिटलमा तोडफोड गरिएको छ ।
हस्पिटलले वार्ताका लागि भन्दै आइसीयू वार्डका स्टास नर्स छलफलमा राखेपछि आक्रोशित पीडित पक्षले हस्पिटलको रिसेप्सनमा तोडफोड गरेका हुन् । तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो तर स्थिति साम्य पार्न गाह्रो पर्ने चेतावनीपछि छाडिएको छ । घटनाको बिषयमा आफन्त र अस्पताल प्रशासन बिच भएको बार्ता निश्कर्ष बिहिन भएको छ ।
अस्पताल प्रशासन र आफन्त बिच बार्ता भएपनि बर्ता बिना निश्कर्ष टुङ्गीएको प्रहरी निरिक्षक उपेन्द्र बमले जानकार दिएका छन् । बर्ता पुन: भोल (शिनबार) संचालक संग बस्ने भएको छ । प्रहरी सुरक्षाका कारण अस्पताल बाहिरको अवस्था सामान्यमा आइसकेको प्रहरी निरिक्षक बमले बताए । उपचारमा चिकित्सकले लापरवाही गरेको भन्दै कारवाही र क्षतिपूर्तिको माग गर्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।
बेलौरीका नसिभ साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि अस्पताल आएका थिए । उनलाई समान्य जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो । पहिलो दिन अवस्था सामान्य रहेको उनका मामा रामकृष्ण चौधरीले बताए । उनले भने “पहिलो दिन अवस्था सामान्य थियो, पछि उपचारकै क्रममा जटिल हुँदै गयो । अस्पतालमा बिरामी वास्ता पनि नगर्ने,फेरि उपचार पनि नगर्ने , आज अन्तिम अबस्थामा ४ बजे मुटुको उपचार गर्ने डाक्टर र यन्त्र उपकरण छैन अन्तै व्यवस्था गर्नुहोस भनेर रिफर गर्याे ।
नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाएका छन् । परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेपनि वास्ता उनको आरेप छ । यस्तै अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन् । आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन् ।