धनगढी, १० साउन/जेसीज सप्ताह अन्तरगत धनगढी जेसिजले गरेको निशुल्क स्वास्थ्य शिविरमा एक सय १७ बिद्यार्थीले सेवा लिएका छन् । धनगढी जेसीजले ६ गते देखि १२ गतेसम्म सप्ताहव्यापी जेसीज सप्ताहमा विभिन्न कार्यक्रम गरिरहेको छ । धनगढी जेसीजले प्रत्येक वर्ष ‘समुदायमा जेसीज’ भन्ने मुल नाराका साथ सप्ताहव्यापी जेसीज सप्ताह कार्यक्रम गर्दै आएको छ ।
धनगढीको जेसिज एभरेष्ट स्कुलमा भएको निशुल्क स्वास्थ्य शिबिरमा एक सय १७ विद्यार्थीको दन्त परिक्षण गरिएको छ । शिबिरमा उपचार गराएका दन्त रोगीहरुलाई आवश्यक्ता अनुसार औषधी पनि उपलब्ध गराएको शिबिरका संयोजक आशिष शाहले जानकारी दिए । धनगढी जेसिजका अध्यक्ष अरुण सिहको अध्यक्षतामा भएको शिबिरको उद्घाटन कार्यक्रमको प्रमुख अतिथी जेसिज एभरेष्ट स्कुलका कार्यकारी निर्देशक करुणाकर पाण्डेय रहेका थिए ।
साउन ६ गते देखी धनगढी जेसिजले बिभिन्न कार्यक्रम गर्दै आएको छ । सप्ताह अन्तरगत शुक्रबार विषयवस्तु बिचार गोष्ठी र शनिबार स्टेशनरी बितरण तथा समापन कार्यक्रम सपामन गरिने मुल संयोजक र्तकराज भट्टले जानकारी दिए ।स्वास्थ्य शिबिरमा धनगढीको संन्जिवनी अस्पतालको प्रबिधिक सहयोगमा संचालन भएको थियो ।