धनगढी, २४ असार/ महिलाहरुको असहाय केन्द्र दृष्टी फउण्डेसनलाई एक थान कम्युटर सेट र प्रिन्टर प्रदान गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी मानविय सेवामा अनेकौ प्रयास धनगढीले कम्युटर सामग्री प्रदान गरेको हो ।
सामाजिक कार्यमा सकृय रहेको कामगर्न सजिलो होस् भन्ने उदेश्यले एक सेट डेस्कटप कम्युटर प्रिन्टर प्रदान गरिएको मानविय सेवामा अनेकौ प्रयासका अध्यक्ष जोशीले बताएका छन् ।
बिभिन्न क्षेत्रको सहयोगबाट संचालन भैरहेको दृष्टी फउण्डेसनलाई सामग्री सहयोग गर्ने संस्था प्रति धन्यवाद दिदै फाण्डेसनकी अध्यक्ष कल्पना भट्टले आगामी दिनमा पनि सहयोग र सहकार्य निरन्तरता दिन पनि अनुरोध गरेकी छन् । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका इश्वर जोशी, मानविय सेवामा अनेकौ प्रयासका अध्यक्ष भक्तराज जोशीले संयुक्त रुपमा फाउण्डेसनलाई कम्युटर सामग्री हस्तानतरण गरेका हुन् ।
धनगढीको दृष्टी फउण्डेसनलाई एक थान कम्युटर सेट र प्रिन्टर सहयोग
धनगढीको दृष्टी फउण्डेसनलाई एक थान कम्युटर सेट र प्रिन्टर सहयोग