धनगढी २४ असार/नेकपा एमालेका नेता तथा अखिल नेपाल खेलकुद महासघंका केन्द्रिय सचिव बिष्णु कुमार चन्दले बाढी पिडितको उद्धार र राहतका लागी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई भेटेर नेता चन्दले बाढी र पहिरोका कारण समस्यामा परेका नागरिकको उद्धार गर्न आग्रह गरेका हुन् । पछिल्लो ४ दिनदेखी निरन्तर भइरहेको बर्षाका कारण सुदुरपश्चिममा निकै क्षती भएको भन्दै चन्दले बाढी तथा पहिरोले क्षतीग्रस्त क्षेत्रका नागरिकको उद्धार सगैं समस्यामा परेका नागरिकहरुलाई राहत उपलब्ध गराउन मुख्यमन्त्री सोडारीको ध्यानाकर्षण गराएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमै मुख्यमन्त्री सोडारीलाई भेटेका चन्दले प्रदेशभरी बाढी, पहिरो र डुवानले निकै क्षती गरेका कारण क्षती भएका घरहरुको पुनर्निमाणमा समेत सहयोग गर्न आग्रह गरेका हुन् । नदी कटानका कारण, दार्चुला, बैतडी, बझाङ, डोटी तथा बाजुरा लगायतका बिभिन्न बस्ती जोखिममा परेको भन्दै ति बस्तहिरुको समस्या दीर्घकालिन रुपमा समाधान गर्न चन्दले आग्रह गरेका हुन् । नदी गाउँमा पस्ने डरले यतिबेला नागरिकहरु रातभर जाग्राम बसिरहेका छन्, चन्दले मुख्यमन्त्री सोडारीलाई भने “नदि तटिय क्षत्रेका बासिन्दाहरुले बाढी आयोकी बिद्यालय, सार्बजनिक भवन तथा आफन्तका घरतिर जानुपर्ने बाध्यता छ, यो बाध्यता सधैँका लागी अन्त्य हुने गरी, आर सिसि सहितको तटबन्धन अथवा बस्ती स्थानान्तरण गर्न जरुरी छ, सरकारले त्यता ध्यान देओस ।”
चन्दको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री सोडारीले बाढी, पहिरो तथा डुवानबाट नागरिक जोगाउन सरकारका सबै अगं परिचालन गरिएको बताए । साथै अन्य सामाजिक सघं संस्था समेत उद्धारमा खटिएको उनले बताए । तत्काल समस्या समाधान गरी सरकारले बाढी पिडितका समस्या दीर्घकालिन रुपमा समस्या गर्न खोजेको सोडारीले बताए । अखिल नेपाल खेलकुद महासघंका सुदुरपश्चिम ईन्चार्ज समेत रहेका चन्दले खेलकुदका प्रदेश र ९ वटै जिल्ला कमिटिलाई बाढी, पहिरो तथा डुवानमा परेका नागरिकको उद्धारमा खटिन निर्देशन समेत दिएका छन् ।