महेन्द्रनगर २४ असार/कञ्चनपुरमा घर डुबान हुँदा ७ महिने शिशुको मृत्य भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–१ पोतिपुरमा घर डुबान हुँदा सात महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सुतिरहेको अवस्था घरभित्र बाढी पस्दा सात महिने शिशु सोलु धानुकको मृत्यु भएको हो।
लगातारको अविरल वर्षाले महाकाली लगायतका नदीमा पानीको बहाव बढेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ का २ सय ५०, पुनर्वास नगरपालिकाको त्रिभुवन वस्तीका ६० र दोधारा चाँदनीमा ७२ जनालाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।