धनगढी, १५ जेठ
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा बुधबार १२ औं गणतन्त्र दिवस मनाइँदै छ । बुधबार सुदूरपश्चिम प्रदेशले पनि धनगढीमा पनि बिभिन्न कार्यक्रम गरी मनाएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले दिवसको उद्घाटन् गरेका हुन् ।
२०६२÷०६३ को आन्दोलनपछि भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राज परम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।
गणतन्त्र दिवसको दिन दिइने सार्वजनिक विदा भने सरकारले गत वर्षबाट कटौती गरेको छ तर पनि जनस्तरबाट विभिन्न कार्यक्रम गरि दिवस मनाउने तयारी भईरहेको छ ।
तस्बिरहरु : भिम चौधरी
तस्बिरहरु : भिम चौधरी













