धनगढी,२७ जेठ । शिक्षा क्षेत्रमा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट योगदान पुगाएको भन्दै कैलालीको धनगढी उपमहानगरपालिकालाई सम्मान गरिएको छ। प्रिन्सिपल एशोसियशन अफ नेपाल (पान) ले शिक्षा क्षेत्रमा सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी योगदान गरेको भन्दै उपमहानगरपालिकालाई सम्मान गरिएको हो। यही जेठ २६ गतेदेखि सुरु भएको प्रिन्सिपल एशोसियशन अफ नेपालको राष्ट्रिय सम्मेलनमा धनगढी उपमहानगरपालिकालाई (शनिबार) सम्मान गरिएको छ।
सम्मेलन २८ गतेसम्म चल्नेछ। शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुगाएको आधारमा सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट पालिकाको रुपमा धनगढीलाई सम्मान गरिएको उपमहानगरपालिकाले जनाएको छ। धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकला कुमारी रानाले सो सम्मानपत्र ग्रहण गरेकी छन्।