धनगढी, ६ जेठ / कलाकार विर चौधरीले आफ्नो जन्म दिनको अवसरमा सहाराघरलाई खाद्यान्न तथा पाठ्य सामग्री दान गरेका छन् । कैलालीको वर्दगोरिया गाउँपालिकामा अवस्थित असाहयका लागि सहयोगी हातहरु नेपाल सहाराघरलाई उनले खाद्यन्न तथा पाठ्य सामग्री दान गरेका हुन् ।
उनले बुवा डम्मर चौधरी र आमा फुलरानी चौधरी श्रीमति मिरा चौधरी, छोरा लविज चौधरी लगायत कलाकारहरुको उपस्थितिमा खाद्यन्न तथा पाठ्य सामग्री दान गर्दै जन्मोत्सव मनाएका छन् ।
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो । भन्ने मुल नारा रहेको सहारा घरमा जस्को कोहि छैन उनिहरु वस्ने गर्दछन् ।
असाहय बालबालिका तथा मानसिक रुपमा असक्त दिनदुखिहरु यहाँ बस्ने गर्दछन् । जस्तोसुकै अवस्थामा मानिसहरुले मानिसको सेवा गर्नु पर्छ भन्ने महान विचार रहेका वल बहादुर विष्टले संचालन गर्दै आएको सहारा घरलाई अलिकति भएपनि हामी सवैले सहयोग गर्नु पर्छ भन्ने सोच राखेर आफ्नो जन्म दिनमा सेवा गर्ने मौका पाएकोमा खुशी लागे्को बताए।