धनगढी, ३ जेठ/कञ्चनपुरको झलारीबाट अर्धचेत गर्भवति महिलालाई उद्दार गरिएको छ । दृष्टी फाउण्डेसनकी अध्यक्ष कल्पना भट्ट र उपाध्यक्ष पवित्राधिक्त पाण्डेयले उद्दार गरी दृष्टी फाउण्डेसमा राखिएको छ ।
झलारीमा चौतारामा बेवारिसे अबस्थामा रहेकी महिलालाई प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरिएको दृष्टी फाउण्डेसनकी उपाध्यक्ष पवित्रादित्ती पाण्डेयले बताएकी छन् । महिलाको सरसफाई गरी रेखदेख सहित अहिले दृष्टी पाउण्डेसनको गृहमा राखिएको छ ।