धनगढी २४ बैशाख/राष्ट्रिय सभा सदस्य तथा नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बिकास र समृद्धीका लागि राजनीतिको काम नहुने बताएका छन् । स्कुल, पुल, बाटो, स्वास्थ्य लगाएतका बिकासका बिषयमा सबै राजनीतिक दलहरु एक हुनुपर्ने उनको भनाई छ । धनगढी वडा नम्बर ११ बेलाको रहेको पुल र पक्की सडक संयुक्त रुपमा शिलान्यासका क्राममा राष्ट्रिय सभा सदस्य भट्टले बताएका हुन् ।
‘अहिले बिभिन्न राजनीतिक दलले बिभिन्न भ्रम सृजना गरेर जनतालाई कन्फ्यिुज पारिरहेका छन्’ भट्टले भने –‘सबैले बिकास निर्माण एक जुटभई यथार्तमा काम गरौ ।’ भौतिक मन्त्रीको पहल र स्थानियको मागको एकरुपता भएका कारण यो योजना सफल भएको उनले बताए । अहिले योजजा आफुले ल्याएको भन्दै भ्रम सृजना गरिरहेका छन् यस्ता झुटा कुरा जनताले बिश्वास गर्न छोडिसेको उनले बताए ।
अहिले राजनीतिलाई बिकासका माध्यामबाट जनताको मन जित्न समेत भट्टले सबैलाई आग्रह गरेका छन् । बिकास निर्माणमा आफुु सदैब लाग्ने समेत उनले प्रतिबद्धता जनाएका छन् । अहिलेको राजनीति बुझ्नै नसकेने अबस्थामा पुगेको बताउदै भट्टले अब चाडै स्थिरता तर्फ लाग्ने बताएका छन् ।
कार्यक्रम धनगढीको वडा नम्बर ११का वडा अध्यक्ष रुपक कुँवरले वडा बिकासका लागि एक्लैले सम्भव नभएकोले सबैले एकजुट भई लाग्नुपर्ने बताएका छन् । बिकासका लागि सबै राजनीति दलहरुको आफ्नो पहुच अनुसारको बिकासका योजना अगाडी बढाउन समेत आग्रह गरेका छन् ।