धनगढी १८ बैशाख/नागरिक उन्मुक्ती पार्टीकी संसद टिका थापालाई मनोनित सुदूरपश्चिम सरकार विस्तार गरिएको छ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज मंगलवार नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका हुन्। थापालाई आजै प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन्।
थापाले आफूलाई बिना विभागीय मन्त्री बनाउन खोजिएको भन्दै मुख्यमन्त्री सोडारीलाई समर्थन गरेको २४ घण्टा नबित्दै फेसबुकबाट समर्थन फिर्ता लिएको बताएकी थिइन्।