धनगढी , १६ वैशाख / “उद्यमी युवा समृद्ध देश, दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने मुल नाराका साथ प्रदेश युवा सम्मेलन हुँदै छ । बैशाख २७ देखि २९ सम्म सुदूरपश्चिम प्रदेश युवा सम्मेलन धनगढीमा आयोजना हुन लागेको छ ।
“प्रदेश युवा सम्मेलन २०२४ मा सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका करिब २०५ जना युवाहरुको सहभागीतामा उक्त कार्यक्रम हुदैछ ।
सहभागी युवाहरुले सम्मेलनमा आउँदा रैथाने खानेकुराहरु, कलासंस्कृति झल्कने भेषभुषाहरु र रैथाने बिउबिजन लिएर आउनु पर्ने बताएका छन् । बिभिन्न व्यक्तिहरुले बिभिन्न बिषयहरुमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रममा केही महत्वपूर्ण बिषयहरुमा प्यानल छलफल गरी अन्तिममा “प्रादेशिक कार्ययोजना” निर्माण गरी प्रदेश सरकार, सुदुरपश्चिम प्रदेश निति तथा योजना आयोग, सामाजिक विकास मन्त्रालय र केही स्थानीयतहहरुलाई बुझाउने गरी कार्यक्रम आयोजना हुन लागेको उद्यमी युवा विशाल भट्टले बताए।
प्रदेश युवा सम्मेलन २०२४स् सुदुरपश्चिम प्रदेशको बिषयबस्तुहरु:-
✅कृषि जैविक बिबिधता संरक्षण र उपयोगितामा युवाको भुमिका ।
✅ सुदुरपश्चिम प्रदेश, युवा र अवको गन्तव्य ।
✅ दिगो विकास लक्ष्य र स्थानीयकरणमा युवाको भुमिका ।
✅ जलवायु परिवर्तन र युवाको भुमिका ।
✅ कलासंस्कृति संरक्षण, प्रवर्धन र पर्यटन प्रवर्धन, सम्भाबना र अवसरहरु ।
✅ स्थानीय रैथाने बिउबिजन र रैथाने बालिको संरक्षण र युवा व्यवसायीकरण ।
✅ युवा उद्यमशीलता ।
✅ युवा सशक्तिकरण र नेतृत्व विकास ।
✅ युवा परिचालन, सामाजिक रुपान्तरण र दिगो विकासमा युवाको भुमिका ।
सहभागिताको लागि तलको अनलाईन फारम भर्नुहोस्:- https://shorturl.at/nEMU3