धनगढी,१४ वैशाख / कैलालीको एक घरमा आगलागी भएको छ । जिल्लाको भजनी नगरपालिका–५ लालबोझी बस्ने पिपरानी चौधरीको काठले बनेको खरले छाएको कच्ची घरमा बिहीवार आगलागी भएको हो । आगलागीबाट घरभित्र रहेको नगद, टेलरीङको सामान, किरानाको सामान, लत्ताकपडा लगायतका सामान गरी अन्दाजी ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ ।
विद्युतको तार सर्ट भई आगलागी भएको र मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सो घरमा किराना पसल र सिलाइकटाइ पसल पनि थियो । आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।