धनगढी १० बैशाख/सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सोडारीको मुख्यमन्त्री नियुक्ति प्रक्रिया गैरसंवैधानिक भएको जिकिरसहित नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले आइतबार रिट दायर गरेका हुन् ।
उनले मुख्यमन्त्रीका लागि आफूले बहुमतको दाबी पेस गरे पनि नियुक्ति नदिइएको भन्दै सोडारीको नियुक्ति बदर गरी आफूलाई नियुक्ति गराउन परमादेशको माग गरी रिट दायर गरेको बताए ।