धनगढी,४ वैशाख / नेपाल निजामती कर्मचारी संगठन कैलालीको इन्चार्जमा गणेश पनेरु चयन भएका छन । संगठनको केन्द्रीय कार्यसमितिले पनेरुलाइ जिल्ला इन्चार्ज चयन गरेको हो ।कैलालीकै गोदावरी नगरपालिकाका जिन्सी शाखा प्रमुख समेत रहेका पनेरु संगठनका केन्द्रीय सदस्य पनि हुन ।
बिगत लामो समय देखि संगठनको राजनीतिमा सक्रीय पनेरुले जिल्लामा संगठनलाइ गति दिन आफुले मेहनत गर्ने बताए । उनले कैलालीमा संगठनको अवस्था सुधार गर्न र संगठनलाइ बलियो बनाउन आफु कटिबद्द भएर लाग्ने समेत बताए ।