डोटी ३ ,बैशाख / जोरायल डिभिजन वन कार्यालय डोटी र सवडिभिजन वन जोरायलको आयोजनामा वन डढेलो नियन्त्रण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
जोरायल गाउपालिका वडा न. ४ लालीगुराँस सामुदायिक वन उपभोक्ता लगायत नजिकका अन्य सामुदायिक वनका अध्यक्षहरुका बीच डिभिजन वन अधिकृत गोकुल रिजाल , अधिकृत लक्ष्मी राज जोशी , सव डिभिजन वन कार्यालयका प्रमुख अधिकृत महेन्द्र धामी र वडा अध्यक्ष नन्दराज भट्ट्को उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो ।
वन समुदायलाई नै हस्तान्तरण भएकाले यसको संरक्षण , सम्वद्धनको प्रमुख जिम्मेवारी पनि समुदायको भएको बारेमा प्रशिक्षण गरिएको थियो । साथै वन ऐन अनुसार आगो लगाउने ब्यक्तिलाई कारबाहीको दायरामा ल्याउनमा सबैले आफ्नो आफ्नो क्षेत्रबाट लाग्नु पर्नेमा डिभिजन वन अधिकृत गोकुल रिजालले जोड दिए ।
डढेलोको अर्थ, यसले बाताबरणमा पार्ने नकारात्मक असर र नेपालमा लाग्ने आगलागीबाट हुने घटनाको बारेमा वन अधिकृत लक्ष्मीराज जोशीले छलफल गरेका थिए भने , वन डढेलोको विषयमा जिल्ला सुरक्षा समितिमा अन्तरक्रिया गरिएको र डढेलो नियन्त्रणका लागि बजेटको अभावले यस्ता कार्यक्रम गर्न समस्या भएको तर पनि प्रयास गर्दै आएको कुरा डिभिजन वन अधिकृत रिजालले ।
कार्यक्रममा लालिगुरास सामुदायिक वनका अध्यक्ष जितेन्द्र बोहराले पनि यस्ता गतिविधि र वन संरक्षण सम्बन्धी सबैले व्यापक रुपमा लाग्नु पर्नेमा जोड दिए । लालीगुराँस सामुदायीक वन लगायत अन्य वनका पदाधिकारी गरि ३५ जनाको उपस्थिति रहेको थियो ।