धनगढी, २ बैशाख/सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तीकै दुई नेताले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । एकै दल नागरिक उन्मुक्तीका संसदले फरक फरक संख्या पुगाएर दुबैले प्रदेश प्रमुख अब्दुल मियाँलाई दाबी पेश गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन् । चौधरीले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
नेपाली कांग्रेसका १८, नाउपाका ४, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसदको समर्थनमा उनले दाबी पेस गरेका छन् ।
उता सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी नाउपाको कैलाश चौधरी पक्षले पनि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको छ । कैलाश केन्द्रीय सत्ता गठबन्धनमा नाउपाका रञ्जिता श्रेष्ठ पक्षधर हुन् ।
उनले नाउपा, नेकपा एमाले, माओवादी केन्द्र, स्वतन्त्रसहितका सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । यसअघि कांग्रेससहितको समर्थनमा नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । कैलाश पक्षधरले एकीकृत समाजवादीको समेत समर्थन रहेको बताएको छ । दोहोरो दाबी परेपछि मुख्यमन्त्री नजिर मियाँले कानुनी छलफल गरेर निर्णय गर्ने बुझिएको छ ।