धनगढी, २७ चैत/कैलालीको गौरीगंगा ६, बनबेहडामा रहेको जुपिटर एकेडेमी नेपालको १६ औँ बार्सिकत्सब तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ।
विद्यालयका अध्यक्ष खकेन्द्र बुढाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका ६,का वडा अध्यक्ष टेकबहादुर कुँवर रहेका थिए । विशिष्ट अतिथि नेसनल प्याब्सन कैलाली अध्यक्ष ललित साँउद रहेको कार्यक्रममा बनबेहडा खानेपानी उपभोक्ता तथा सरसफाइ समिती सचिब हेमन्तराज जोशी (बाजे), बिणा बिद्या मन्दिर प्रधानाध्यापक दल बोगटी, कैलाली भिजन स्कुल प्रधानाध्यापक ध्वज बोगटी, अमर माबिका अध्यक्ष टिकाराम शर्मा, भैरब आधाभुत विद्यालयका प्रधानाध्यापक नवराज उपाध्याय, रानिफाँटा सामुदायिक बन अध्यक्ष चक्र बोगटी, आधारभूत स्वास्थ केन्द्र प्रमुख गणेश उपाध्याय लगाय्एका अतिथीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
विद्यालयमा बिद्यार्थी पठाएर बिद्यार्थीको बारेमा चासो नराख्ने बिद्यार्थीहरुका अभिभावकले सैक्षिक गुणस्तरमा केही ह्रास आएको कार्यक्रमका अतिथिहरुले बताउदै अभिभावकहरुले आफ्ना बालबालिकालाई विशेष ध्यान दिन आवश्यक रहेको बताएका छन। सो अवसरमा बिधालयको स्थापना तथा लामो समय सम्म अध्यापन गराएका संस्थापक भरतमणी ओझा लाई सम्मान गरिएको थियो।
२०६५ सालमा स्थापना गरिएको विद्यालयमा करिब ४०० बिद्यार्थी, १८ जना शिक्षक, १ बस, १ चालक, १ कार्यालय सहयोगी रहेको बिधालयको आफ्नै पक्की भवन रहेको छ। आगामी शैक्षिक शत्र देखि कक्षा १० को पठनपाठन संचालन गर्ने तयारी गरेको बिधालयका प्रधानाध्यापक मनिराम धामीले जानकारी दिएका छन् । कार्यक्रममा विद्यालयले आयोजना गरेको हाजिरीजवाफ, दौड, फुटवल खेल र उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई पुरस्कार, ट्रफी र प्रमाणपत्र बितरण गरिएको थियो। बिधालयका सहायक प्रधानाध्यापक महेस्वरी जोशीले स्वागत मन्तव्य गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुति रहेको कार्यक्रमको संचालन शिक्षक हरिश भट्टले गरेका थिए ।