धनगढी २७ चैत/कैलालीको चुरेका एक युवकको रुखबाट लडेर मृत्यु भएको छ । चुरे गाउँपालिका–४ का ३५ वर्षीय जितबहादुर धामीको घर नजिकै चिउराको रुखबाट लडेर मृत्यु भएको हो ।
मंगलबार बिहान स्याउला काट्ने क्रममा रुखबाट लडेर उनी गम्भिर घाइते भएका धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।