धनगढी, २५ चैत / पब्लिक स्पिच कैलाली २०८० सम्पन्न भएको छ। धनगढीमा रहेको अनाया एजुकेशन एकेडेमीको आयोजनामा स्पिच कार्यक्रम २ चरणमा सम्पन्न गरिएको हो।
पहिलो चरणका ४० जना सहभागिहरु मध्ये १६ जना छनोट गरेर दोस्रो चरणमा कार्यक्रम गरिएको आयोजक तथा अनाया एजुकेशन एकेडेमीकी सञ्चालक रुस्मा भुलले बताइन्। पब्लिक स्पिच कैलाली २०८० की विजेता कैलाली बहुमुखी क्याम्पसकी सोबिता बिनाडी भइन् । यस्तै द्वितिय धनगढी मोडेलकी सर्मीला धानुक , तृतीय एश्वर्य विद्या निकेतनकी कमला ओझा भइन् । यस्तै सान्त्वना एक्सिसकी सुस्मा सुवेदी र सारदा माध्यमिक बिद्यालयका गोबिन्द राज अवस्थी भए ।
कार्यक्रमका विजेताहरुलाई क्रम: नगद ७ हजार, ५ हजार, ३ हजार र १५ सय साथै प्रमाणपत्र प्रदान गरिएको आयोजक तथा अनाया एजुकेशन एकेडेमीकी सञ्चालकले बताइन्।
यस्तै कार्यक्रमको सभापतित्वमा कार्यक्रमका संयोजक निरज पास्वान, प्रमुख आतिथ्यतामा चैतन्य पाठशालाका सञ्चालक गणेश जोशी, विशिष्ट आतिथ्यतामा युवा परिषद्का कार्यकारी सदस्य शेर बाहादुर बिष्ट, अतिथिमा सञ्चारकर्मी तथा साहित्यकार डिल्लीराज ओझा, ऐरिष्टो इङलिस बोर्डिङ स्कुलका शिक्षक विकाश विश्वकर्मा र अन्य कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो।