कैलाली , २२ चैत / सुदुरपश्चिम विश्वविद्यालयकाे समग्र शैक्षिक सुधारकाे माग गर्दै प्राज्ञिक विद्यार्थी परिषद्ले ७ बुँदे माग पत्र बुझाएको छ । आज (बिहिबार) प्राज्ञिकका सुदूरपश्चिम सचिव, संगठन सचिव र विश्वविद्यालय संयोजकको टोली विश्व विद्यालयमै पुगेर पत्र बुझाएको हो।
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम विश्वविद्यालय एकाइ समितिले विश्वविद्यालयको पठनपाठन, कर्मचारी तथा प्राध्यापक समस्या, पाठ्यपुस्तकको अभाव, शैक्षिक क्यालेण्डर, पुस्तकालय, छात्रावासको अभाव तथा परीक्षामा प्रश्नपत्रको माध्यम नेपाली पनि हुनु पर्ने आदि समस्याको समाधानको माग गर्दै विश्वविद्यालय केन्द्रीय क्याम्पसमा धर्नासँगै विश्वविद्यालयका निमित्त उपकुलपति कर्ण थापा एवम् रजिस्टार यज्ञराज पाठक समक्ष ७ बुँदे माग सहीतको ज्ञापनपत्र बुझाएको विश्व विद्यालय संयोजक गजेन्द्र बुढाले बताए।
केही समयअघि मात्रै त्रिभुवन विश्वविद्यालयलाई पनि प्रश्नपत्र नेपाली माध्यममा हुनु पर्ने माग गरेको परिषद्ले उक्त माग पुरा गरेको र अब प्राज्ञिक विद्यार्थी परिषद् र विश्वविद्यालयमा अध्ययनरत हजारौँ विद्यार्थीको माग पुरा गर्न सुदूरपश्चिम विश्व विद्यालयको पनि ध्यानाकर्षण हुनु पर्ने सुदूरपश्चिम प्रदेशका प्राज्ञिक विद्यार्थी परिषद् सचिव प्रेम बोहराले बताए।
विश्वविद्यालयका विभिन्न संकायमा अध्ययनरत परिषद्का कार्यकर्ताहरूको सहभागीतामा उक्त माग पत्र बुझाएको र माग पूरा नभए परिषद्ले विश्वविद्यालयमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
विद्यार्थी परिषद्ले बुझाएको मागहरू निम्न अनुसार रहेको छ :-

