• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैतडी घर भएका त्रिवि गणित विषयका सह प्राध्यापक डा. कृष्णबहादुर चन्दको निधन

बैतडी, २२ चैत / बैतडी घर भएका गणितका विद्वान एवं त्रिभुवन विश्वविद्यालयका गणित विषयका सह प्राध्यापक डा. कृष्णबहादुर चन्दको निधन भएको छ । हृदयाघातका कारण बुधबार चन्दको ५१ वर्षको उमेरमा निधन भएको हो । महेन्द्रनगरको मन्त्र हस्पिटलमा चन्दको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सिद्धनाथ बहुमखी क्याम्पस (महेन्द्रनगर) मा २०५६ सालदेखि सहप्राध्यापक थिए। गणित विषय प्राध्यापन क्षेत्रमा अमर पहिचान छाडेर चन्द बिलाएका छन्। उनले २०५४ सालतिर त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा स्वर्ण पदक प्राप्त गरेका थिए। भारतको पिथौरागढबाट आइएससी अध्ययन गरेका चन्दले त्रिभुवन विश्वविद्यालयको अमृत साइन्स क्याम्पसबाट बीएससी र एमएससी अध्ययन गरेका थिए।

विद्वान् व्यक्तित्व चन्दको नाम गणित प्राध्यापनका क्षेत्रमा प्रख्यात् छ। सरल स्वभाव र प्रभावकारी अध्यापन शैलीका कारण उनी विद्यार्थीमाझ लोकप्रिय थिए। सम्भवतः सुदूरपश्चिम क्षेत्रबाट त्रिभुवन विद्यालयमा स्नातकोत्तर तहमा गणितमा स्वर्ण पदक ल्याउने उनी पहिला र एक्ला व्यक्ति हुन्।

वि।सं। २०२९ मा बैतडीको सुर्नया गाउँपालिका वडा नं ५ नौघरमा जन्मिएका चन्द कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐँठपुरमा बस्थे। उनका एक छोरा र दुई छोरी छन्। शैक्षिक धरोहर चन्दको निधनले गणित प्राध्यापन क्षेत्रमा अपुरणिय क्षति पुगेको सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक महेन्द्र चन्दले बताए।

बिहिबार, चैत २२, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.