कैलाली, १९ चैत / ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका बाहिर सुदूरपश्चिम प्रदेशमा पहिलोपटक किस्को मेसिन अर्थात् सवारीसाधनबाट संकलित विभिन्न शीर्षकको रकम सोझै बैँक खातामा जम्मा हुने प्रणाली सञ्चालनमा ल्याएको छ ।
आइतबार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजिव बहादुर बस्नेतले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा उक्त मेसिनको उद्घाटन गरेका छन् । मेसिनले सेवाग्राहीले ट्राफिकको फाइन तिर्न अब बैंक धाउने बाध्याताका अन्त्य गराउने वस्नेतले बताए ।
यस्तै ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता अनिल कुमार उप्रेतीले मेसिन काठमाडौ उपत्यका बाहिर सुदूरपश्चिमका ७ ठाउमा पहिलो पटक राखिएको बताए । उनकाअनुसार मेसिनले बैङमा पैसा जम्मा गर्ने, रिचार्ज गर्ने जस्ता सेवा प्रवाह गर्ने छ । यो मेसिन कैलाली र कञ्चनपुरका सात स्थानमा सञ्चालन गरिएपनि चाडै पहाडी जिल्लामा समेत विस्तार गर्ने योजना रहेको प्रहरीले जनाएको छ ।
