बाजुरा ११ चैत/बाजुराको खप्तड छेडेदह तालमा डुङ्गा पल्टदा एक जना वेपत्ता भएका छन । खप्तड छेडेदह गाउपालिकामा बस्ने विरेन्द्र रावत वेपत्ता भएका हुन् ।
होलीको दिनमा गाउँपालिकामा रहेको छेडेदह तालमा डुङ्गा पल्टिँदा युवक रावत बेपत्ता भएको प्रहरीले जनाएको छ । डुङ्गामा सवार रावत सहित अन्य ६ जना पौडी खेलेर ताल बाहिर निस्केको जनाइएको छ ।