धनगढी, ९ चैत / कैलाली बहुमुखी क्याम्पसमा भएको गायन र नृत्य प्रतियोगितामामा दिपिका धानुक र प्राप्ति भट्टले प्रतियोगिताको उपाधी प्राप्त गरेका छन् ।
शुक्रबार क्याम्पसको ४४औं वार्षिकोत्सवका अवसरमा भएको सिङ्गिङ र डान्सिङ्ग प्रतियोगितामा नृत्य तर्फ २४ जना सहभागी मध्ये फस्ट रनरअप स्मृति थापा र यसोदा बोहरा, सेकेन्ड रनरअप उषा हमाल र उइनर प्राप्ति भट्ट हुनुभएको छ ।
त्यस्तै गायन तर्फ २३ जना सहभागी मध्ये फस्ट रनरअप सन्तोष बिक, सेकेन्ड रनरअप पृयङ्का साकि र उइनर दिपिका धानुक हुनुभएको छ ।