धनगढी, ३ चैत / इन्टरनेशनल क्यारियर काउन्सिलिङ सेन्टर (आईसीसीसी) ले धनगढीमा नयाँ शाखा सन्चालनमा ल्याएको छ । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको आईसीसीसीले ११औं शाखाको रुपमा धनगढीमा नयाँ शाखा खुलेको हो ।
क्यानडा अध्ययनको सबैभन्दा भरपर्दो शैक्षिक परामर्श केन्द्रको रुपमा स्थापित आईसीसीसीले दुरदराजका विद्यार्थीको विदेश अध्ययनको धोका पुरा गर्नका लागि शाखा विस्तार गरिएको जनाएको छ । विशेषगरी अध्ययनका लागि क्यानडा जान चाहने धनगढीका विद्यार्थीलाई सजिलो बनाउन शाखा विस्तार गरिएको खड्काको भनाई छ ।
धनगढी लगायत सुदुरपश्चिम प्रदेशका विद्यार्थीको सुविधालाई मध्यनजर गर्दै शाखा विस्तार गरिएको आईसीसीसीको भनाई छ । ‘सुदुरपश्चिमका विद्यार्थीलाई काठमाडौं आएर क्यानडा अध्ययनका लागि एप्लाई गर्नुपर्ने झण्झट छ । विद्यार्थीले बेहोरेको झण्झटलाई दुर गर्न हामी धनगढीमै आएका छौं ।’, उनले भने, ‘अब क्यानडा भिसा एप्लाई गर्न काठमाडौं वा अर्को सहरमा जान पर्दैन । हामी काठमाडौंकै सेवा धनगढीमा दिन्छौं ।’
एसपीए रोड धनगढीमा चैत्र ३ गते नयाँ शाखा कार्यालयको उद्घाटन आईसीसीसीका प्रबन्धनिर्देशक तथा सिनियर काउन्सलर राम खड्काले गरेका हुन । धनगढीको कार्यालयमा ब्रान्च म्यानेजरको रुपमा सुनिल भण्डारीले नेतृत्व गर्ने बताइएको छ ।