धनगढी, ३ चैत / कैलालीको धनगढी उपमहानगरपालीका भित्र निर्माण भईरहेका सडकहरु समयमै निर्माण नहुदा स्थानिय सास्ती भोग्दै आएका छन् । धनगढी उपमहानगरपालीकाको मुख्य सडक चौराह देखी क्याम्पस रोड सम्मको सडक निर्माणको कार्य कछुवा गतिमा निर्माण कार्य भइरहेको छ ।
संघिय सहरी विकास तथा भवन निर्माण विभागको क्षत्रिय सहरि विकास आयोजना कार्यान्वयन ईकाईको लगानिमा कालिका कन्ट्रक्सन संग २८ असार २०७७ मा ७६ करोड ९० लाख ७६ हजार पाँच सय ३६ रुपैयाँको लागतमा सडक निर्माणका लागी सम्झौता भएको थियो ।
१८ साउन २०७९ मा सक्नुपर्ने गुलम चर्च सडक खण्ड २ किलो मिटर , चौराह देखी कैलाली पुलसम्म १.३ किलो मिटर र धनगढीको सहिद गेट देखी क्याम्पस गेट सम्मको ३.६५ किलोमिटर सडक कालो पत्रकालागी सम्झौता भएको क्षत्रिय सहरि विकास आयोजना कार्यान्वयन ईकाईका इन्जिनियर शौरभ कलौनीले बताए ।
उनका अनुसार सो सडकको एक पटक म्याद थप गरेर १८ चैत २०८० मा सक्नु पर्ने भए पनि हनल सम्म ८७ प्रतिसत मात्रै कार्य भएको ।
कोरोना महामारीले व्यापार व्यवसायको मेरुदण्ड नै भाचेको थियो । देश आर्थि मन्धीमा गुज्री रहेका बेला धनगढीका सडक निर्माणको काम ढिला सुस्तीले फेरी व्यापारीको ढाड सेकीएको धनगढीका व्यावसायी सुनिल सिंहले दुखेसो छ ।
धनगढीको चौराह देखी प्याम्पस चोक सम्मका व्यारीहरुले सटर छाड्नु पर्ने अवस्था सम्म आएको छ । निर्माण कम्पनीले आधी कार्य गरेर छोडेको सडकले सवारी साधन, पैदल यात्री तथा विराहिरुलाई समेत समस्या हुने गरेको छ ।
सडक निर्माणको कार्य अहिले सम्म निर्माण किन हुनसकेको भनेर छैन भनेर स्थानिय धना बटलाले प्रश्न गरिन । धुवा धुलोले पसलका सटरहरु बन्द गर्नु पर्ने अवस्था आएको उनले बताईछ ।
यस्तै धनगढीकै कैलाली पुल देखी क्याम्पस रोड सम्मको सडक प्रदेश भौतिक पुर्वाधार विका मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालयको लगानिमा निर्माण भइरहेको छ । ३० मिटर चौडा रहेको सो सडक २।३ किलोमिटर निर्माणका लागी २७ वैशाक २०८० मा केएस कन्ट्रक्सन निर्माण कम्पनि सङ्ग सम्झौता भएको छ ।
२०८२ वैशाक २६ गते सम्म सक्नु पर्ने गरि ५१ करोड ६८ लाख ७८ हजार ६४१ रुपैयाँमा सम्झौता भएको पूर्वाधार विकास कार्यालय धनगढीका लेखा अधिकृत नरबहादुर भाटले जानकारी दिए । उनका अनुसार सम्झौता गरिएको एक वर्ष पुग्नै लाग्दा कम्पनिले ३० प्रतिशत मात्रै काम गरेको छ ।