धनगढी, ३ चैत/कैलाली जिल्लाको धनगढीमा रहेको सौराइ स्क्वायरले गरेको नारि सम्मान २०८० बाट कैलालीकी पत्रकार जमुना न्युरेलाई सम्मानित गरेको छ ।
पत्रकार न्युरे कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकाको ग्रामीण नारायणपुरमा रहेर करिब १५ बर्ष देखि वन ,वातावरण ,जैबिक विविधता , महिला ,शिक्षा तथा स्वास्थ्यको क्षेत्रलाइ आफ्नो पत्रकारिताको मुख्य क्षेत्र (विट) बनाइ समाजमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै सम्मानित गरेको छ । पत्रकार न्युरे नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य र सत्ति कर्णाली अनलाईनकी कार्यकारी सम्पादक समेत हुन् ।
सौराइ स्क्वायर धनगढीले ११४ औ अतरराष्ट्रिय नारी दिवश अवसर पारी सौराइ स्क्वायरले विभिन्न क्षेत्रमा काम गरेका ७ जना महिलाहरुलाइ सम्मान गरेको हो।
महिला तथा समाजमा योगदान पुर्याएका तर राज्यको दृस्ठिकोणमा नपरेका महिलाहरुलाइ सम्मान गरेको छ ।समानित स्वास्थ्य क्षेत्रका ,जयकला रावल ,अपाङ्गता भएर पनि सफल ब्यबशायी शान्ती रोकाया ,थारु कला सस्कृती सरक्षण समिक्षा चौधरी , मानवअधिकार कर्मी महेश्वरी भट्ट, ,शिक्षिका तुलसी शर्मा , समाजसेवी सारदा शाह , रहेका छन् ।