कञ्चनपुर, ३ चैत / कञ्चनपुरमा अवैध सालको काठसहित एक जना पक्राउ परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका–४ जाइशिबिरका जितेश राना काठसहित पक्राउ परेका हुन्।
रानालाई राँगा गाडामा विभिन्न साइजका १५ गोलिया (२०.९१) क्युफिट अवैध काठ ल्याइरहेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।
रानालाई काठसहित शव डिभिजन वन कार्यालय महेन्द्रनगर बुझाएको प्रहरीले जनाएको छ।