धनगढी,१ चैत / बाजुराबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सेत्केरी भएर जिल्ला अस्पताल बाजुरामा उपचाररत हिमाली गाउँपालिका–१ बिच्छ्याकी २२ वर्षीया सुस्तिता खड्काको थप उपचारका लागि हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।
दुई दिन पहिले शल्यक्रिया गरी सुत्केरी गराइएकी खड्काको पेट सुन्निएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन । उनलाई थप उपचारका लागि सुर्खेत पठाइएको जनाइएको छ । खड्कालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सेनाको हेलिकोप्टरमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन ।