धनगढी,१ चैत / डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा जनप्रतिनिधिबिच कुटाकुट भएको छ । आज बसेको कार्यपालिका वैठकमा उपस्थित भएका प्रतिनिधिहरु विच कुटाकुट भएको हो।
कुटपिटबाट वैठकका सदस्य सचिव एवं प्रमुख प्रशासकिय अधिकृत कृष्ण देव जोशि घाइते भएका छन । उनको टाउकोमा गम्भिर चोट लागेको र जोगबुडा अस्पतालमा उपचार भइरहेको स्थानीय स्रोतले जनाएको छ । कुटाकुट के कारणले भएको र यस विषयमा अझै विस्तृत विवरण आउन बाँकी रहेको छ।