धनगढी, ३० फागुन / कैलालीको गौरीगंगा नगरपालिका ८ स्थित मसुरिया साझाबजारमा नेपाल रेडकस सोसाइटी गौरीगंगा उपशाखा कार्यालयको भवन निर्माणको बुधबार शिलान्यास गरिएको छ ।
प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका कार्यालय नगर प्रमुख देबीदत्त कडेलले भवन निर्माण कार्यको शिलान्यास गरेका हुन् । भवन निर्माण छिटो निर्माण कार्य सम्पन्न गरि रेडक्रसले दिने सेवा र गतिबिधी संचालनमा गर्न आग्रह गरे । गौरीगंगाबासीको सबैखाले समस्या समाधान निम्ति र स्थानिय सरकार र रेडक्रस एकसाथ भएर अगाडि बढ्ने समेत नगर प्रमुखले बताए ।
नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको भवन निर्माण गर्न स्टेमिट अनुसार जग निर्माण हुने र भवन निर्माण सम्पन्न गर्न अपुग रकम स्थानीय सरकारसँग माग गर्ने नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाका सभापति छ्त्र बहादुर बमले बताए ।
भवन निर्माण गर्न गौरीगंगा नगरपालिका कार्यालय रु १० लाख र नेपाल रेडक्रस सोसाइटीको १ लाख २६ हजार ६ सय ४५ रुपियाँ गरि ११ लाख २६ हजार ६ सय पैंतालीस रुपियाँको लागतमा योजना सम्पन्न हुने संस्थाका सचिब भोज बहादुर मन्नीले बताए ।
कार्यक्रममा गौरीगंगा नगरपालिका वडा न ९ का अध्यक्ष राज कुमार चौधरी, वडा न ८ का अध्यक्ष करुणा चौधी,निवर्तमान अध्यक्ष हरि प्रसाद तिवारी ,प्राविधिक,संघ संस्थाका प्रतिनिधि र स्थानियको सहभागिता रहेको थियो ।