धनगढी, २९ फागुन / जिल्ला अस्पताल अछामले सुचना अधिकारी बुढामगर सम्हाल्छन अस्पतालमा ६ फाँटको प्रमुख जिम्मेवारी,अन्य कर्मचारी हेराहेर शिर्षकमा प्रकासीत समाचारको खण्डन गर्दै एक बिज्ञप्ती जारि गरेको छ ।
छिनोफानो डटकममा प्रकाशीत समाचार लाई लिएर जिल्ला अस्पतालले त्यसको खण्डन गर्दै बिज्ञप्ती जारि गरेको हो । जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा चन्दै शेखर यादब द्धारा हस्ताक्षरित बिज्ञप्ती मार्फत समाचारमा सत्यता नरहेको दावी गरेको छ । तर अस्पतालले जारी गरेको बिज्ञप्ती हचुवाको भरमा जारी भएको प्रष्ट देखिन्छ । अस्पताल भित्रका कमी कमजोरी लुकाउनका लागी अस्पतालले बिज्ञप्ती मार्फत झारो टार्ने र अस्पताल भित्रको बेतिथी लुकाउने काम गरेको छ ।
छिनोफानो डटकममा प्रकासीत समाचार र बिज्ञप्तीमा भनिएको कुरा एउटै देखिन्छ । बुढामगरले ६ फाँटको प्रमुखको जिम्मेवारी सम्हालेको भन्दै प्रकासीत समाचारको खण्डन गरेको बिज्ञप्तीमा समेत सो कुरा स्वीकार गरेको प्रष्ट देखिन्छ ।
अस्पतालका प्रमुख डा चन्द्र शेखर यादबले आफैले स्वीकार गरेको र बिज्ञप्तीमा समेत स्वीकार भएको समाचारलाई भ्रामक देख्नुले डाक्टर यादबको चरित्र माथी प्रश्न चिन्ह खडा भएको छ । डाक्टर यादबले छिनोफानो डटकम सँग समाचारका बारे गरेको कुराकानीमा बुढामगर लाई सिनियर कर्मचारीको हिसाँबले ३ फाँटको जिम्मोवारी दिएको स्वीकार गरिसकेका थिए भने बिज्ञप्तीमा समेत सो कुरा स्पष्ट देखिन्छ ।
आफैले बोलेको र आफैले जारी गरेको बिज्ञप्तीमा समेत समाचारमा आएको कुरा सत्य रहेको उल्लेख भएपनि भ्रामक भन्दै बिज्ञप्ती जारी गर्ने डा यादबको कार्यशैलि प्रति नागरिकहरुले के सोच्ने रु