धनगढी, २५ फागुन / आज विश्वभर ११४ औँ नारी दिवस मनाइरहँदा धनगढीको एश्वर्य बहुमुखी क्याम्पसमा रहेको साहित्य प्रतिष्ठानले पनि मनाएको छ। विविध कार्यक्रम अन्तर्गत एश्वर्य साहित्य प्रतिष्ठानले साहित्यिक रचना वाचन गरेर दिवस मनाएको हो ।

नारी हक अधिकारको भाव बोगेका साहित्यकि रचनालाई विशेष प्राथमिकतामा राखेर विद्यमान अवस्थाका नारी माथिका दमन, शोेषण, हत्या, हिंसा, बलात्कार जस्ता बिषयमा साहित्य मार्फत सचेतना फैलाउन यो कार्यक्रम आयोजना गरिएको साहित्य प्रतिष्ठानका महासचिव भरत साउदले बताए। बेला बेला अनेकौं साहित्यिक कार्यक्रम गर्दै आएको प्रतिष्ठानले आज नारी दिवसको सम्मान गरेर यो कार्यक्रम गरेको बताए।
कार्यक्रमको सभापतित्वमा प्रतिष्ठानका अध्यक्ष समिर ओझा, अथितिहरुमा र्एश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति कुबेर खड्का , साहित्यकार अमर खड्का , कैलाली बहुमुखी क्याम्पसका अखिल क्रान्तिकारीका इन्चार्ज पवन सुनार र नेपाल विद्यार्थी संघ गोदावरीका अध्यक्ष दिलबहादुर बुढाथोकीको उपस्थिति रहेको थियो।
कार्यक्रममा १ सय भन्दा बढीको उपस्थितिमा झण्डै ५० जनाले रचना वाचन गरेको प्रतिष्ठानका महासचिव साउदले बताए।