धनगढी, २२ फागुन/सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ ।केन्द्रमा कांग्रेस माओवादीको गठबन्धन भंग भएर नयाँ गठबन्धन बनेसंगै मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेको जनाएका छन ।
बर्खास्त हुनेमा उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल रहेका छन । ती दुबै मन्त्रालय अब आफ्नो मातहतमा रहने मुख्यमन्त्री शाहले बताए ।मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेपनि समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने चलाएका छैनन् ।
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र समाजबादीको समर्थन कायम भए मुख्यमन्त्रीलाई सुविधाजनक बहुमुत पुग्छ । सोही कारण मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेका हुन् ।सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एक सिटमा उपनिर्वाचन हुन बाकी छ ।
